३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

रोहितको कप्तानीमा प्रिमियर कप खेल्ने नेपाली टिम घोषणा

२७ चैत, काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएकोछ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका सबै टोली छन् । भने  आकास चन्द नेपाली टिममा छैनन्।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन् ।

प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।

प्रकाशित मिति : April 9, 2024 at 4:10 pm