३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको भाउ, अझै बढ्ने संकेत

२७ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।  यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबारको दिन छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम थियो । यसैगरी आज चाँदीको भाउ भने उच्च मूल्यमा नै स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारमा हुने मूल्य घटबढको आधारमा तय हुने गरेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै गएकोले नेपालमा सुनको भाउ अझै बढ्ने संकेत देखिएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति : April 9, 2024 at 11:26 am