१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ। राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ। सत्ता गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् ।

प्रकाशित मिति : April 9, 2024 at 10:06 am