२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

आगलागी हेर्न गृहमन्त्री बलम्बुमा, एआईजी दाहालको संयोजकत्वमा छानविन समिति गठन


२६ चैत, काठमाडौँ । सशस्त्र प्रहरीले सञ्चालन गरेको एपिएफ अस्पताल नजिकै रहेको केन्द्रीय भण्डारण केन्द्रमा भएको आगलागी निरीक्षणका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अस्पतालमा पुगेका छन ।

गृहमन्त्रीको प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार गृहमन्त्रीले केहीबेर अघि त्यहाँ पुगेर आगलागीको निरीक्षण गरेका छन । उनले निरीक्षणपछि आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न निर्देशन दिएको न्यौपानेले जानकारी दिएका छन ।

यस्तै सशस्त्र प्रहरी बल नेपालले आगलागीको छानविनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको  संयोजकत्वमा ९ सदस्यीय छानबिन समिती गठन गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दैनिकीलाइ जानकारी दिए । विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । (यसअघि समाचारमा केन्द्रीय भण्डार गृह हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक)

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार २०:५१