२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस

२६ चैत, विराटनगर । कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस भएकाे छ । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन सोमवार फिर्ता लिएलगत्तै उनीहरूले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

एमाले-माओवादीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेका छन् ।

 एमाले-माओवादीले विशेष अधिवेशनको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् ।

प्रकाशित मिति : 18:17