११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्ने उपमहासचिव रिमालको घोषणा

२५ चैत, काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने घोषणा गरेका छन् ।

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन गर्दै उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्दै नयाँ रहस्य खोल्ने बताए । उपमहासचिव रिमालले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’ समारोहबारे थप विषय राख्दै उनले भने, ‘वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औं स्थापना दिवस समारोह अर्थात् हिरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्नेवाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुस गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’

उपमहासचिव रिमालले पार्टीले संगठनलाई लयमा फर्काउने र २०८१ साललाई सांगठानिक सुदृढिकरण वर्षको रुपमा मनाउने शिलशिलेबर विषय राखेर रहस्यपूर्ण विशेष समारोह हुने भनिरहँदा अधिवेशनमा उपस्थितहरुले एमालेबाट फुटेर गएका कम्युनिष्ट पार्टीहरुको पुनः एकता हुने र नेपालमा सिंगो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाउन खोजिएको हो कि भन्ने लगायतका विभिन्न अड्कलबाजी गरिरहेका थिए ।

प्रकाशित मिति : April 7, 2024 at 1:05 pm