हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न थ्रीस्टार हाइड्रोपावरले बोलायो साधारण सभा
२५ चैत, काठमाडौँ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख २३ गते साधारण सभा बोलाएको हो ।
सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको निर्वाचन गर्ने जस्ता प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : 09:35









