११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

इलाम उपनिर्वाचनः सुहाङ र मिलनसहित २० जनाको उम्मेदवारी दर्ता

२४ चैत, इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्नुभएको छ । बाह्र वटा राजनैतिक दल र आठ स्वतन्त्र २० जनाले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङ्गहाङ्ग लिम्बु, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का जीतबहादुर राई हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली, मङ्गोल नेशनल अर्गनाइजेसनका मणीकुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेशमबहादुर सुनार हुनुहुन्छ ।

स्वतन्त्रतर्फ डकेन्द्रसिंह थेगीम, डाकप्रसाद गौतम, मनोज निरौला(प्रदीप) अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ्ग, राज बस्यालले  मनोनयन दर्ता गराउनु भएको छ ।

प्रकाशित मिति : April 6, 2024 at 9:13 pm