२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

रोकियो सुनको मूल्यवृद्धि, यस्तो छ आज प्रतितोला मूल्य


२३ चैत, काठमाडौँ। साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ ।

अघिल्लो कारोबारको दिन बिहीबार  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएको थियो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय १५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १०:५३