२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ३४ हजार पुग्यो


२२ चैत, काठमाडौँ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजारले बढेर छापावाला सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० कायम भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १०:५४