११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

१०० रुपैयाँमा रिडी पावरले ११ लाख ३५ हजार कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने

२२ चैत, काठमाडाैँ। रिडी पावर कम्पनी लिमिटेडले ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर चैत २९ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राख्ने भएको हो ।

सो सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 4, 2024 at 9:29 am