२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

गायक राजेश पायल राई मदनभण्डारी कलेजको गेटबाट पक्राउ


२२ चैत, काठमाडाैँ । जाँड खाएर हल्ला गर्ने गायक राजेश पायल राईसहित काठमाडाैँ उपत्यकाबाट १७२ जना पक्राउ परेका छन । प्रहरीले बुधबार राति काठमाडाैँ उपत्यकाका विभिन्न स्थानबाट जाँड खाएर सडकमा हल्ला गर्दै हिड्नेहरूमाथि कारबाही चलाएको हो ।

गायक राई भने अनामनगरको मदनभण्डारी कलेज अघिबाट पक्राउ परेका थिए । राईलाई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताएका छन । अब पक्राउ परेका जड्याहाहरूलाई उनीहरूको परिवारको जिम्मा लगाउने तयारी रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार ०८:१६