२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अण्डाको समर्थन मूल्य तोकियो, यस्तो छ प्रतिक्रेट


२१ चैत, काठमाडौँ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुने संघले जनाएको छ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रति क्रेटको ३७५ रूपैयाँ, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १६:४३