२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

सुनको भाउ हालसम्मकै उच्च, एक तोला किन्न १ लाख ३३ हजार चाहिने


२१ चैत, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ३५० कायम छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि चैत १९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । त्यसदिन छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १०:५७

https://srdb.com.np/