२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

आज घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


२० चैत, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५५० कायम छ ।

अघिल्लो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो बनेको थियो । त्यसदिन छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुन १ लाख ३० हजार ९५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ११:०८

https://srdb.com.np/