२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी

२० चैत, सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चुनेको छ । सहमतिको प्रयास नभएपछि लोकतान्त्रिक विधिद्वारा नयाँ नेतृत्व चयन भएको हो ।

अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी भएका छन् । अध्यक्ष श्रेष्ठले वर्तमान जिला अध्यक्ष कमल नेपाललाइ पराजित गरेका हुन् । श्रेष्ठ तीन सय ६३ सहित अध्यक्षमा निर्वाचित भए भने श्रेष्ठका प्रत्यासी नेपालले तीन सय ४९ मत प्राप्त गरे । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो ।  त्यस्तै, उपाध्यक्षमा अर्जुन भण्डारी निर्वाचि भएका छन् । उनले तीन सय ४५ मत प्राप्त गरेका छन् भने प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे ।

सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए। उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए ।

महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरिन् । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १२:४८