१०० रुपैयाँ मै सिंगटी हाईड्रो इर्नजीको सेयर किन्ने आज अन्तिम दिन
२० चैत, काठमाडौँ । सिंगटी हाईड्रो इर्नजी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको थियो ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : April 2, 2024 at 9:59 am









