२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

सुनको भाउले बनायो नयाँ रेकर्ड, प्रतितोला १६ सयले बढ्यो


१९ चैत, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज मूल्य वृद्धि भएसँगै घरेलु बजारमा सुनको मूल्यले नयाँ किर्तिमानी कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम छ ।

यसअघि गत चैत १६ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महंगो भएको थियो । त्यसदिन सुनको मूल्य २१ सयले बढ्दै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार र तेजावी सुनको मूल्य १ लाख ३१ हजार रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ११:४६