२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

सुनको भाउ ऐतिहासिक विन्दुमा पुगेर स्थिर, यस्तो छ कारोबार मूल्य


१८ चैत, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो काारेबारको दिन शुक्रबार नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो । यस्तै यस दिन चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ११:२७