पूर्व डीआईजी रमेश खरेलले छाडे रास्वपा
१४ चैत, काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) छाडेका छन्। खरेलले बुधबारबाट लागू हुने गरी रास्वपाको आबद्धता त्यागेकाे जानकारी दिए ।
खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।
चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए । यसलाई लिएर अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।
प्रकाशित मिति : March 27, 2024 at 4:24 pm









