२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता भेटिएनः आइजीपी बसन्त कुँवर

१४ चैत, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरूद्ध अहिलेसम्म कुनै तथ्य प्रमाण नभेटिएको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा जवाफ दिदै कुँवरले अुनसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका हुन ।उनले भने ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन । अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’

प्रकाशित मिति : 15:05