३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

ललितपुरमा दुई युवाको हत्या, १८ जना पक्राउ


१२ चैत, काठमाडौँ । ललितपुरमा गएराति दुई युवाको हत्या भएको छ । प्रहरीले दुई समूहको झडपमा युवाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी पाएको छ । गएराति ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी दैनिकीलाई जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका छन ।

उनले झडपको घाइतेलाई राति ११ बजे पाटन अस्पतालमा ल्याएपछि मात्रै प्रहरीलाई जानकारी पाएको बताए । प्रहरीले लगत्तै घटनास्थल सर्च गरेर संलग्नताको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ०८:५०