३ श्रावण २०८१, बिहीबार | Fri Jul 19 2024

दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको आग्रह


६ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका हुन् । उनले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

हिजो पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ११:३४