कुम्भ मेला भरेर फर्किएका यात्रु सवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २० बढी घाइते
७ मंसिर, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरुवामा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन ।
प्रहरीका अनुसार बराह क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरु सवार को १ ख २७९९ नम्बरको बस दुर्घटनामा परेको हो ।दुर्घनामा मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।
डीएसपी भावेश रिमालका अनुसार मृत्यु हुनेहरूमा डाक्नेसोरी-५ की ७० वर्षीया बेचनी देवी यादव, ६० वर्षीया सिकिल देवी साह, दिनेश रजक, उनकी पत्नी र भुखानी देवी यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरू ६ जनालार्इ उपचारका लागि जिल्लाबाट बाहिर रेफर गरिएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार २२:०८












