३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डद्वारा संसदमा प्रस्ताव पेस

३० फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् ।

उनको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहेका छन् । प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेसले यसअघि उनलाई दिएको समर्थन फिर्ता गरेपछि आज संसदबाट विश्वासको मत लिनुपरेको हो ।

प्रकाशित मिति : March 13, 2024 at 12:21 pm