चैतका लागि १७ वाणिज्य बैंकहरुले घटाए ब्याजदर, दुईको स्थिर
३० फागुन, काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार कुल २० वाणिज्य बैंकमध्ये १७ वटा बैंकले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५.७४ प्रतिशत विन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ०.२६ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।
एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.५४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि फागुनमा एनआईसी एशिया बैंककाे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको जनाएको छ ।
फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन् ।
तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दुले बढेको छ।
२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
चैत महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
एनआईशी एशिया बैंक
एनआईशी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनामा पनि बैंकले साेही ब्याजदर दिएकाे थियाे ।
नबिल बैंक
नबिल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।
कुमारी बैंक
कुमारी बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत र संस्थागतर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर कायम गरेकाे छ। फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत ब्याजदर दिएकाे थियो ।
एनएमबी बैंक
एनएमबी बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने भएकाे छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिएकाे थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर ताेकेकाे छ । फागुन महिनामा बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
प्रभु बैंक
प्रभु बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ । फागुन महिनामा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिएकाे थियाे ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर रहेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । फागुनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ र संस्थागततर्फ ७.५१ र ५.५१ प्रतिशत ब्याजदर दिएकाे थियो ।
राष्ट्रिय वाणिज्य बैंक
चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
माछापुच्छ्रे बैंक
चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
लक्ष्मी सजराइज बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।
सिद्धार्थ बैंक
बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।
नेपाल एसबीआई बैंक
बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर रहेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र व्यक्तिगततर्फ ७.४४३० प्रतिशत रहेको थियो ।
प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार ११:०७