२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

प्रि ओपन सेसनमा करिब १३ अंकले बढ्यो नेप्से

२९ फागुन, काठमाडाैँ । साताकाे दाेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक करिब १३ अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन आइतबार २२.१० अंकले बढेर २०५२.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १२.९६ अंकले बढेर २०६५.६२ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६१ स्टकको ३४ लाख ८५ हजार ६४६ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ४९५ कित्ता शेयर कारोबार भएको छ। ४१ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : March 12, 2024 at 10:58 am