१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सर्वोत्तम सिमेन्टको सेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त


२८ फागुन, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर रजिस्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाको लगत अद्यावधिकलगायतका कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्न सर्वोत्तमले एनआइएमबि एस क्यापिटललाई शेयर रजिस्ट्रार नियुक्त गरेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०९:४९