१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

२७ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०२ अंकले बढेर २०३२.५८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ३० स्टकको १६ लाख २५ हजार २०२ रुपैयाँ ५० पैसाबराबरको ३ हजार ६९० कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 10, 2024 at 11:02 am