१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बिन्दाबासिनी मन्दिर प्राणप्रतिष्ठा सपन्न 


२७ फागुन, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ पाङगे्रटारको, वसन्तपुरमा पालिका र स्थानीयले सहयोग जुटाएर बिन्दाबासिनी मन्दिर निमार्ण गरि प्राणप्रतिष्ठा सपन्न भएको छ । सुनकोसी गाउँपालिकाले १५ लाख, सो गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले रू ५ लाख, निमार्ण समितिका अध्यक्ष शुकदेव तिमल्सिनाले रू ५ लाख सहयोग गरेका छन ।

त्यस्तै रामशरण तिमल्सिनाले १ लाख ५० हजार, ध्रुव तिमल्सिनाले १ लाख ११, हजार, भरत पराजुलीले १ लाख, सिताराम तिमल्सिना ५१ हजार, विनोद तिमल्सिनाले ५० हजार, प्रकाश तिमल्सिना ५० हजार, महेश तिमल्सिना ५० हजार प्रतिभा साकोस कोटेश्वर, काठमाण्डौले २५ हजार रूपैयाँ सहयोग गरेका थिए ।

अध्यक्ष तिमल्सिनाका अनुसार सो मन्दिर निमार्णका लागि स्थानीयहरूले गच्छेअनुसार सहयोग गरेका छन् । विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा मन्दिर निमार्ण भएको हो । मन्दिर निमार्णमा ५ हजारदेखि सहयोग गर्ने सहयोगी दाताको नाम शिलालेखमा राखिने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

पोखरामा रहेको बिन्दाबासिनी मन्दिरको झल्को दिने उक्त मन्दिरमा माता बिन्दाबासिनीको प्रतिमा राखिएको छ । यसैगरी सोहि स्थान वसन्तपुरमै १ करोड ५० लाख बढी लागतमा निमार्ण हुने बाबा गोरखनाथ मन्दिरको शिलान्यास समेत गरिएको छ । गोरखनाथ मन्दिर ९० फिट उचाइको बन्ने तिमल्सिनाले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १०:४६