१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आरिश्या रोक्काई स्पीकर नेपालको उपाधि


२६ फागुन, काठमाडाैँ । पनोरमा टेलिभिजनले शुरु गरेको स्पीकर नेपाल आरिश्या रोक्का हुन सफल भएकी छिन् । आफूसंग प्रतिस्पधा गर्ने २० जना प्रतिस्पधीहरुलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा८ मा अध्ययनरत आरिश्या रोक्का प्रथम हुन सफल भइकी हुन् । रोक्काले आलिसान वल्र्ड पर्निचरवाट नगद राशी २५ हजार प्राप्त गरेकी छिन् ।

यस स्पीकर नेपालको फाइनल राउण्डमा लिट्टिल एञ्जल्स स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, अनल ज्योति स्कुल, ब्राइट फ्यूच्चर स्कुल र नेवा इङ्लिस स्कुलका गरि २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीहरुले कक्षा कोठाको महत्व, ज्ञान नै शक्ति हो र नेपालमा कृषिको महत्व विषयमा आफ्नो मन्तव्य दिएका थिए ।

यस स्पीकर नेपाल कार्यक्रम २०८० साल जेठ महिनावाट अडिसन राउण्ड शुरु भएको हो । काठमाण्डौं उपत्यकाको करीव २५ वटा विद्यालयहरुले यस कार्यक्रममा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा रेडियो कान्तिपुरका संचारकर्मी अम्बिका श्रेष्ठ, शिक्षाकर्मी विनोद कुमार शाह र युवा मल्लिका खत्रिले जुरीको भुमिका निर्वाह गर्नु भएको थियो ।

यसैगरी क्वालिफाइड राउण्डमा शिक्षाकर्मी विनोद कुमार शाह र युवा मल्लिका खत्रि र डा. संगिता जोशीले गर्नु भएको थियो । यसैगरि फाइनल राउण्डमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, शिक्षाकर्मी विनोद कुमार शाह ,मल्लिका खत्रि जुरीको भुमिका निर्वाह गर्नु भएको थियो ।

पानोरमा टेलिभिजनका सिइओ तथा अध्यक्ष श्याम तण्डुकारले बिद्यार्थीहरु आत्मविश्वास बढाउने हेतुले स्पीकर नेपालको आयोजना गरिएको हो । विद्यार्थीहरु अडिसन राउण्डमा आउँदा र फाइनल राउण्ड सम्ममा आईपुग्दा उनीहरुमा निकै निखार आईसकेको छ । यो स्पीकर नेपाललाई सफल बनाउनको लागि देशभरका प्रिन्सिपलहरुले यो हाम्रो आफ्नै कार्यक्रम हो भन्ने कुरा भित्रि मनमा लिनुपर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १९:४४