१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले नेता देवकुमार बरालको निधन


२६ फागुन, काठमाडौँ । नेकपा एमालेका नेता देवकुमार बरालको निधन भएको छ । एमाले उपत्यका विशेष प्रदेशका अध्यक्ष प्रेम पराजुलीका अनुसार बरालको शुक्रबार निधन भएको हो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

शिक्षा सेवामा लामो समय काम गरेका बराल उपसचिवबाट अवकाश प्राप्त थिए । गत पुस २० मा भएको अधिवेशनबाट उनी विशेष प्रदेश कमिटीको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

बराल शिक्षा सेवामा भए पनि पार्टी कामबाटै कहिल्यै टाढा नभएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन । क्यान्सर पीडित बरालको शुक्रबार दिउँसो वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १२:५४