सरकारमा आउन अरू दललाई एमालेको आग्रह
२५ फागुन, काठमाडौँ । नेकपा एमालेले अरू दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ। आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको २९ औं सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र सरकारमा सामेल हुन अरू दललाई आग्रह गरेका हुन्। शुक्रबार बसेको सचिवालय बैठकले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाउने निर्णय गरेको छ। साथै, वैशाख १० गते स्थापना दिवसको कार्यक्रम आयोजना गर्ने महासचिव पोखरेलले बताए ।
प्रकाशित मिति : March 8, 2024 at 11:59 am









