१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई बैंकको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


२५ फागुन, काठमाडौँ । दुई बैंकले सेयर बिक्रीमा राखेका छन् । प्रभु बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कुल १ लाख २७ हजार १२६ कित्ता सेयर बिक्रीमा राखिएको हो । प्रभु बैंकले ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बिक्रीमा राखेको सेयरमा संस्थापम सेयरधनीले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

त्यस्तै, सांगिला डेभलपमेन्ट बैंकको ४२ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बिक्रीमा राखिएको सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै, तोकिएको अवधिभित्र यी दुबै बैंकको सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १०:०९