नेप्सेमा तीन कम्पनीको ५५ लाख ९५ हजार कित्ता बोनस सेयर सूचिकृत
२५ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको गरी कुल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा यूनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस बापतको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।त्यसैगरी, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत बोनस बापतको १९ लाख ८६ हजार २२४ कित्ता गरी बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् यी तीन वटै कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : 16:46









