१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२३ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा पुगेको छ।

बुधबार सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको आज ३३ करोड ३७ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ८४ लाख ८५ हजार रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सको १३ करोड १ लाख १५ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १२ करोड ९४ लाख ५८ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको ७ करोड ७१ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १५:२९