१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा फेरि मन्त्री बन्ने


२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले यसअघि मन्त्री रहेका तीन जनालाई फेरि मन्त्रीमा निरन्तरता दिने भएको छ।  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको माओवादीले रेखा शर्मा र शक्तिबहादुर बस्नेतलाई पनि मन्त्री बनाउने भएको हो।

यसअघि श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री थिइन् भने बस्नेत ऊर्जामन्त्री थिए। नयाँ सरकारमा शर्मा र बस्नेतले कुन मन्त्रालय पाउने टुंगो लागिसकेको छैन।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:४९