१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी


२३ फागुन, काठमाडौँ । त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा सात जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा  सात जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तु जैसवार जानकारी दिए ।

सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई उद्धार गरिएको थियो। उद्धारपश्चात दुई जनाको मृत्यु भएको डिएसपी जैसवारले जानकारी। दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जैसवार बताए । मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा परेर ३० जनाभन्दा बढी घाइते भएका छन्। बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०९:४२