१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य


२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले ४७ रन जोडे। ३७ बलमा १ चौका र ३ छक्का मद्दतमा ४७ रन बनाएका आशिफ चौधौँ ओभरको चौथो बलमा ४७ रन बनाउँदा माइकल लेविटको बलमा एलबीडब्लु धरापमा परे। कुशल भुर्तेलले २० जोडे। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।

यस्तै, गुल्सन झाले २४ रन बनाए । कुशल मल्ल २६, रोहित पौडेल २५ र करण केसी ९ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरी भने एक रन मात्रै बनाएर आउट भए । आरिफ शेख शून्यमा आउट भए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १३:२४