१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२२ फागुन, काठमाडौँ । सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचू अन्तर्गत नयाँ क्यान्डी इक्लेयर्स नेपाली बजारमा सार्वजनिक गरेको छ । प्योर चक्लेटी जोयको उद्घोषसहित प्रवर्द्धन गरिएको यो उत्पादन बाहिरी तह मा मिल्क चक्लेट हुनुका साथै भित्री तहमा चकलेट भरी बनाईएको कम्पनीले जनाएको हो ।

चकलेट मिल्क तथा बटर मिल्कको स्वाद भएको इक्लेयर्सले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कने कम्पनीको विश्वास रहेको छ । ५ रुपैयाँमा २ वटा उपलब्ध इक्लेयर्स नेपालभरिका खुद्रा पसलमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ११:५७