१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोटेश्वरमा बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी घाइते


२० फागुन, काठमाडौँ । काठमाडौंको कोटेश्वर चोकमा बसको ठक्करबाट ट्राफिक प्रहरी घाइते भएका छन्। कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई आइतबार प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट सर्लाही घर भएका खत्री गम्भीर घाइते भएका छन्। घाइते खत्रीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। बस र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १७:५४