१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा


२० फागुन, काठमाडाैँ । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ललितपुरको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ घर भइ हाल ललितपुरको चापागाँउ वस्ने ३१ वर्षीय रामचन्द्र तिरुवा र ललितपुरको सातदोबाटो बस्ने भारतीय नागरीक २४ वर्षीय सन्दिप कुमारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२-०३४ प ०८ ९५ नम्बरको मोटरसाइकल काठमाडौंको धुम्बाराही चप्पलकारखाना सडकबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्तल भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि बा ८८ प ८७२ नम्बर राखि चलाइरहेको अवस्थामा रामचन्द्रलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले ललितपुरको धापाखेलमा फेला पारी नियन्त्रणमा लिएको हो ।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल भारतीय नागरीक सन्दिप कुमार मार्फत खरिद गरेको खुल्न आएपछी खोजतलासको क्रममा ललितपुरको सातदोबाटोबाट सन्दिपलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १०:५१