१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

६ लाखको चाँदी सहित भारतीय नागरिक पक्राउ

६ मंसिर,पर्सा ।  नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट रु ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो ।

वीआ२२एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु तथा बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको सञ्चारकर्मीलाई बताउनुभयो ।

प्रकाशित मिति : November 22, 2018 at 11:54 am