१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

धुर्मुससुन्तलीले चन्दा उठाएर ऋणमा डुबाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर खुल्यो


१७ फागुन, चितवन । धुर्मुससुन्तली फाउण्डेसनले  करोडौँ चन्दा उठाएर पनि ऋणमा डुबाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भरतपुर महानगरपालिकाले नै निर्माण गर्ने गरी टेण्डर खुलेको छ । बिहीबार भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रंगशाला निर्माणका लागि टेण्डन आव्हान भएको जानकारी दिइन । योसँगै रंगशाला निर्माणको काम भरतपुर महानगरको हातमा पुगेको छ ।

यसअघि सरकारले  धुर्मुस–सुन्तली फाउन्डेसनले लगाएको १२ करोड ऋण सरकारले तिर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले फाउण्डेसनले मागेको १६ करोड मध्ये १२ करोड रूपैयाँ सम्बन्धित व्यापारीहरूकोमा तिरिदिने गरी निर्णय गरेको थियो ।

रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै रूवाबासी गरेका हास्यकलाकार सिताराम कट्टेलको धुर्मुस सुन्तली फाउण्डेसनको १२ करोड रूपैयाँ ऋणमात्र सरकारले तिर्दैछ । धुर्मुसले लागत भन्दा ६ करोड बढी ऋण देखाउने प्रयास गरेको भए पनि त्यो भने असफल भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०७:४७