११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सडकपेटी कब्जा गरेर बसेका व्यापारीमाथि महानगरको धरपकड (भिडियो)


१७ फागुन, काठमाडौँ । महानगरका प्रहरीले बटुवालाई हिँडडुलमा समेत असर पर्ने गरी सडकबेटी कब्जा गरेर व्यपार गर्ने व्यापारीहरूमाथि लाठीचार्च गरेको छ । बुधबार राति सुन्धारा आसापासका सडक कब्जा गरेर व्यापर गरिरहेका व्यापारी माथि महनगरले बल प्रयोग गरेको हो ।

महानगर प्रहरीले बल प्रयोग गर्दा कतिपय व्यापारी गम्भीर घाइते हुनु पुगेका छन । कतिपये आँखा फुटेको छ भने कतिपयको शरीरमा गम्भीर चोट लागेको छ। राति ९ बजेपछिमात्र सडक पेटीमा व्यापार गर्न दिने नीति महानगरले तयार गरेको भए पनि व्यापारीहरूले ७ बजेदेखि नै सडक कब्जा गरेर पैदलयात्रुको बाटोमा अबरोध गरेको महानगरले जनाएको छ ।

सडक कब्जा गरेर व्यापार गर्नेहरूले पैदलयात्रुमाथि दूर्व्यवहार गर्ने गरेका छन । झडपछि स्वरोजगार व्यापार श्रमिक संघको नाममा अध्यक्ष माया गुरूङ र महासचिव राजकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै उनीहरूले महानगर प्रहरी बलका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित प्रहरीले बुधबार राति ८ बजे सुन्धारा आसपासका सडकमा लाठीचार्ज गरेर घाइते बनाएको उल्लेख गरेका छन ।

स्वरोजगार श्रमिकका नाममा जारी भएको विज्ञप्ति यस्तो छ

प्रेस विज्ञप्ति

काठमाण्डौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले आज साँझ सवा ८ बजेको समयमा काठमाण्डौंको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोछ ।

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भिर घाइते भइ ट्रमा सेन्टरमा भर्ना हुनुभएकोछ भने अन्य मजदुरहरु राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएकोछ । केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ ।

साँझको समय कसैलाई असर नपार्ने गरि सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानविय व्यवहारको भत्सर्ना गर्दछौं ।

सानो पूँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडा लगायतका सामग्रीहरु सस्तो मूल्यमा विक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरुलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ ।

सँधैंको घटनाले महानगरपालिका आतङ्ककारी, अपहरणकारी र लुटेरा जस्तो देखिएकाले तत्काल सच्चीन आग्रह गर्दछौं ।
महानगरपालिकासँग हामी आग्रह गर्दछौं ।

१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरि माफि मागियोस् । स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि गम्भिर घाइते बनाउने महानगर प्रहरीहरुलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरुको सामान लुट्ने जस्ता आपराधिक कार्यप्रति काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसंग माफि माग्नु पर्दछ ।

२. घाइते मजदुरहरुको तत्काल उपचार गरियोस् । आक्रमणमा परि घाइते हुनु भएका सम्पूर्ण श्रमिकहरुको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रवन्ध गरियोस् ।

३. जफत् गरिएका सामानहरु फिर्ता :महानगर प्रहरीहरुद्धारा आज तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरुको सामानहरु सम्बन्धीत श्रमिकहरुलाई स–सम्मान र तत्काल फिर्ता गरियोस् ।

४. सन्ध्याकालिन बजारको व्यवस्था :महानगरभीत्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरि व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।
५. कार्यदल गठन : महानगरभीत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभीत्र “श्रम डेस्क‶को व्यवस्था गरि श्रमिकहरुको सूचिकरण र व्यवस्थापन लगायत तात्कालिन र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघ सहित सरोकारवालाहरु सम्मिलित कार्यदल गठन गरियोस् ।

माथि उल्लेखित विषयहरु तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरु सडक आन्दोलनमा जान बाध्यहुने व्यहोरा अवगत गराउँदछौं ।
हार्दिक अभिवादन सहित ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौं

माया गुरुङ
अध्यक्ष

राजकुमार श्रेष्ठ
महासचिव

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०७:०२