१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेयर बालेनले मानसिक तनाब दिएको महिला कर्मचारीको आरोप


१६ फागुन, काठमाडौँ । काठमाडौं महानगरपालिकामा वरिष्ठ कानुन अधिकृतका रुपमा कार्यरत सस्मिता घिमिरेले मेयर बालेन्द्र शाहले मानसिक तनाव दिएको आरोप लगाएकी छिन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने बताएकी हुन् ।

घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको आरोप लगाएकी छन् । उनले लेखेकी छिन्, ‘एक राष्ट्र सेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो । विगत लामो समयदेखि मेयर बालेनको प्रशासनमा बिना कारण र आधार किन कार्य जिम्मेवारी बिहिन बनाएको हो ?’

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:५२