८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सावित्राकाे अर्को रेकर्ड, दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता बनिन्

१६ फागुन, काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले अर्को रेकर्ड आफ्नो नाममा गरेकी छिन् । गएराति वाफ च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध गोल गर्दै साम्बाले महिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको कीर्तिमान बनाएकी हुन् ।

लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन् ।उनले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गर्दा भारतीय टोलीकी स्टार बालादेवीलाई पछि पारेकी हुन् ।

बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् । साम्बाले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गोल गरेकी थिइन् ।

प्रकाशित मिति : February 28, 2024 at 10:39 am