१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इलाम २ र बझाङ १ को उपचुनावमा चैत २४ गते उम्मेदवारी दर्ता हुने


१४ फागुन, काठमाडौं । इलाम २ र बझाङ १ मा हुने उपचुनावका लागि चैत २४ मा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

चैत २४ मा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १६:०७