१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

क्रिकेटरहरूको नयाँ वर्गीकरणः ग्रेड ‘ए’ का ६ जनालाई मासिक एक लाख तलब


१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले सोमबार सार्वजनिक गरेको ३० जनाको नयाँ वर्गीकरणअनुसार ६ जना खेलाडीहरू ग्रेड ‘ए’मा परेका छन्।

ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ‘बी’ ग्रेडमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहरा छन् । ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी. ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेककुमार यादव, आकास चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । भने इमर्जिङ क्याटोगरीमा रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), दिपेश कँडेल (कोशी), बिपिन खत्री (गण्डकी), अर्जुन घर्ती (कर्णाली), देव खनाल (लुम्बिनी) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

क्यानका अनुसार ग्रेड एमा परेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् । ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १५:३९