१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नलगाड हाइड्रोपावरमा सीईओ पदका लागि दरखास्त माग (सूचनासहित)


१४ फागुन, काठमाडौँ । नलगाड हाइड्रोपावर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन आह्वान गरेको हो । सो पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागेको कम्पनीले जनाएको छ ।

उमेर, शैक्षिक योग्यता र अनुभव हासिल गरेका तर उमेर हद ३५ वर्ष पूरा गरी ६१ वर्ष ननाघेकाले आजका मितिले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सीईओको पदावधि चार वर्षको हुनेछ ।भौतिक रूपमै उपस्थित भएर कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा आवेदन बुझाउनुपर्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०९:३९